आज बेलबारी क्रिकेट क्लब ले बेलबारी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। बेलबारी नगर प्रमुख ,नगर उप प्रमुख तथा प्रमुख प्रसशाकिया अधिकृतलाई उक्त ज्ञापन पत्र बुझाएको छ।  बेलबारी नगर पालिकाले सम्पूर्ण खेलकुद लाइ प्राथमिकतामा राखेको तर क्रिकेटलाई प्राथमिकतामा किन राख्न न सकेको भनि पत्र बुझाएको छ। बेलबारी नगरपालिका भित्र पनि क्रिकेट खेलाडी हरु छन् तर खेल खेल्नका लागि उचित खेल मैदान छैन। 

बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई, उपमेयर नितु थापा कोइराला तथा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की लाई बेलबारी नगरमा क्रिकेटको विकासका लागि आगामी निति तथा कार्यक्रमदेखि छुट्टै कार्यक्रम राखिदिन तथा नगरमा क्रिकेटको ग्रास रूट अभियान चलाउन बेलबारी क्रिकेट क्लब का  अध्यक्ष ऐश्वर्या प्रसाद आचार्य बिपिन  सहितको प्रतिनिधिहरुले आज नगरमा ज्ञापन पत्र बुझाएका छन्  ।

नगरको आगामी निती तथा कार्यक्रमदेखि योजना राख्नका लागि ध्यानाकर्षण तथा मागहरू=


१)नगरभित्र किक्रेट प्रतियोगिता खेल्नका लागि मैदान तथा आवश्यक सामाग्री व्यवस्था गरिदिन ।

२) क्रिकेट खेल्ने प्रत्येक वडामा सम्भव भए मैदान नभए नेट अभ्यासको व्यवस्था गरिदिन ।

३)नगरभित्रका प्रत्येक ठुला सामुदायिक तथा निजी विद्यालयमा अनिवार्य क्रिकेट खेलको व्यवस्था गरिदिन ।

४)विश्वमै नेपाली क्रिकेटको चुलिदो लोकप्रियता तथा प्रदर्शन भएकोले स्थानीय रूपमा क्रिकेटको बारेमा ज्ञान तथा क्षमता विकास अभिवृध्दि कार्यक्रम गरिदिन ।

५)नगरभित्र हुने ठुला प्रतियोगिताहरूमा क्रिकेटको पनि प्रतियोगिता  समावेश गरिदिन ।

६)प्रारम्भिक तयारी पछि पुर्वमै क्रिकेटको हवको रूपको विकास गर्न एकेडेमी संचालनको लागि आवश्यक सहयोग तथा पहल गरिदिन ।

ghhghf

उक्त ज्ञापन पत्र  बुझिसकेपछि नगरप्रमुख राइ ले क्रिकेट खेल का बेलबारी स्तरिय सम्पूर्ण यसमा रुचि राख्ने   र खेलाडी लाइ समेटेर क्रिकेट क्लब भित्र राखेर विस्तार गर्नु पर्ने मा जोड दिनु भयो।  

रास्ट्रपति रुनिंग सिल्ड मा धेरै किसिम मा खेलहरु खेलाईन्छ तर क्रिकेट खेल खेलाइन्दैन यसपालि बाट रास्ट्रपति रुनिंग सिल्डमा क्रिकेटलाई पनि अटाउने नगर उपप्रमुख थापा ले बताउनु भयो। 

चालु बर्षको नीति  कार्यक्रम बजेटमा कुनै न कुनै यो क्रिकेट लगायत युवा हरु को समस्या हरु ४ ओटा खेलमैदान हुने खालको  कबद हल निर्माण गर्ने जसलाई हामीले युग तथा आधुनिक केन्द्र निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की ले जानकारी दिनु भयो। 

बेलबारी  क्रिकेट क्लब ले  नगरमा क्रिकेट विकासका लागि नगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहित खेल विकास समितिका अध्यक्ष बिक्रम राई साथै बेलबारी नगरपालिका का वडा न १ का अध्यक्ष मणि पुलामी मगर, ३ का अध्यक्ष योगेन्द्र सुवेदी, २ का कृष्ण गुरूङ, ४ का चन्द्र लिम्बु, ९ का शालिग्राम बस्नेत , १० का गंगा याखा, ८ का धनपति गौतम हरु लाइ  सक्रियताका लागि आभार तथा धन्यवाद ज्ञापन गरेको छ  ।

gfhhj