सहकारीहरुले किसानलाई बिक्री गर्दै आएको मलमा मनपरि मुल्य तोकिएको प्रति राष्ट्रीय स्वन्त्र पार्टी बेलबारले बेलबारी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । किसानहरुले खेति लगाउने समयमा मलको चरम अभाव खेप्दै आएकोमा नगरपालिकाले साल्ट ट्रेडिङबाट मल खरिद गरि त्यसमा सहकारीहरुलाई नाफा समेत प्रदान गरेर सहकारीहरुले बेच्न पाउने अधिकतमा बिक्री मुल्य तोकेको थियो जस अनुसार २० रुपैया प्रति केजी र ५० केजी बोरा युरिया मल सहकारीहरुले रु ८९८।– मात्र लिन पाउने कुरा पालिकाको सुचनामै उल्लेख छ । तर त्यसको बिपरित केही सहकारीहरुले किसानहरुबाट प्रति बोरा रु १०००।– लिएको पाइएको छ ।
यस सम्बन्धि पालिकाको कृषी शाखामा बुझ्दा पालिकाले सहकारीहरुलाई प्रदान गरेको मल पालिकाले तोकेको मुल्य सुची भन्दा बढीमा बेच्न नपाइने बताइएको छ । यस सम्बन्धी केही दिन अघि ध्यानकर्षण पत्र बुझाएको रास्वपा बेलबारीले आज पूण मेयर दिल प्रसाद राईसँग थप छलफल गरेको र छलफलमा मेयरले बढी शुल्क लिन गैर कानुनी हुने र पालिकाले तोकेको भन्दा बढी शुल्क लिने सहकारीहरुलाई तुरुन्तै कानुन बमोजिम कार्वाही गर्ने आश्वासन दिनु भएको छ । तुरुन्तै आवश्यक कार्यबाहीको ठोस कदम पालिकाले सार्बजनिक नगरेमा रास्वपा बेलबारीले यस विषयलाई लिएर थप बिरोधका कार्यक्रमहरु अगाडि बढाउने रास्वपा बेलबारीले बताएको छ ।