बेलबारी।बेलबारीका उद्यमी तथा व्यवसायीहरुलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उदेस्यले बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधीक सहयोगमा नापतौल दर्ता तथा नविकरण भईरहेको छ ।

   बेलवारी उद्योग वाणिज्य संघको कार्यालयमा आईतवार देखी जारी उक्त नापतौल शिविर सोमवार सम्म संचालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए । लामो समयदेखी आफ्नो व्यवसायीक फर्ममा चालु रहेका ढक, तराजु, लिटर, मिटर गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता नविकरण नगरी संचालनमा गरिरहेको अवस्थालाई मध्यनजर गरेर नापतौल डोरको अयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । गुणस्तर तथा नापतौल कार्यालय विराटनगर बाट डोर प्रमुख निरिक्षक रजनिस झा को नेत्रित्वमा चार जना कर्मचारीहरुले दुईदिने शिविरमा सेवा दिईराखेका छन् । आईतवार ८० जना भन्दा बढिले सेवा लिईसक्नु भएको संस्थाका वाणिज्य सचिव रुपेश श्रेष्ठले जानकारी दिए ।