विराटनगर ।कोशीप्रदेशको चालू बजेट अधिवेशनअन्त्य गरिएको छ ।

कोशीप्रदेश सरकारको सिफारिशमाप्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १८३ को उपधारा २ बमोजिमचालू बजेट अधिवेशन २०८० साल जेठ ३१ गते राती १२ बजे देखि अन्त्य गरेका हुन। 

बुधबारप्रदेशप्रमुखकार्यालयले विज्ञप्ति जारी गरी चालू बर्षको दोश्रो तथा बजेट अधिवेशनअन्त्य गरेको प्रदेश प्रमुखकार्यालयकाप्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

कोशीप्रदेश सरकार अल्पमतमा परेको र अषाढ १ गते बजेटल्याउनै पर्ने बाध्यताका कारण बजेट अधिवेशनअन्त्य गरी बजेट ल्याउने तयारी गरिएको बताइएको छ ।कोशीप्रदेश सरकारनेकपामाओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ । 

प्रदेशसभामाआज नै प्रदेश प्रमुखले सरकारको नीतितथाकार्यक्रम पेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो ।

आजको प्रदेशसभा बैठकमा विपक्षीदलहरुले भने संसद छलेर अध्यादेशबाट बजेट ल्याउने प्रयास असंवैधानिकहुने भन्दै त्यसो नगर्न सरकारको खबरदारी गरेका थिए । नेपालीकाँग्रेसका सांसद केदार कार्कीले अल्पमतमापरेको सरकारले सबैभन्दापहिले विश्वासको मत लिनुपर्नेबताए । 


नेकपाएकीकृत समाजवादी संसदीयदलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिँदै प्रदेशसभा छलेर बजेट ल्याउन असंवैधानिकहुने बताए । बजेट अधिवेशनचलिहरेको बेलात्यसलाई अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु असंवैधानिकहुने भन्दै विपक्षीदलहरुले विरोध गरिरहेका छन् ।