विराटनगर, ३१ जेठ ।
कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य र शिक्षामा लगानी बढाउने तथा पूर्वाधार विकासलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधवार विराटनगर स्थित प्रदेश सभा बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुखलाई नीति तथा कार्यक्रम प्रस्तुतिका लागि हस्तान्तरण गरेका थिए । जनजाति रंगशाला” जस्ता कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
कोशी प्रदेश सरकारले कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तार गर्ने, विगत देखि सञ्चालित वहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने तथा विपद व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमुलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा जोड दिएको छ ।
नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिवी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख गरिएको छ । यसैगरी “एक स्थानीय तह एक उत्पादन कार्यक्रम” “कोशी औद्योगिक क्षेत्र स्थापना” “बैजनाथपुर क्रिकेट मैदान” “आदिवासी
आज पेश गरेको नीति तथा कार्यक्रम पारित भएपछि आगामी बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले संवैधानिक र कनुनी व्यवस्था अनुसार नै बजेट आउने मुख्यमंत्री हिक्मत कुमार कार्कीले बताए ।
नीति तथा कार्यक्रम बारे सोधिएको प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफुले अध्ययन गरेर मात्र नीति तथा कार्यक्रम बारे टिप्पणी गर्ने जानकारी बताए । उनले छोटो समय भएकाले अध्यादेश बाटै बजेट ल्याउनुको विकल्प नभएको समेत बताए । उनले भने यो गम्भिर परिस्थितिबाट आएको र अहिलेको सरकार अहिलेको समस्या भएकाले सुनेको भरमा प्रतिक्रिया दिन नमिल्ने बताए ।
नेकपा माओबादी केन्द्र प्रदेश सभा संसदिय दलका नेता इन्द्र आङ्बोले संविधानको धारा १८४ लाई छल्नको लागि मात्र नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाएका छन् । उनले छलफल गर्न र बजेट तर्जुमा गर्न नभएर संवैधानिक व्यवस्थालाई छल्न ल्याएको हुनाले कार्यन्वयनमा नजाने बताए ।
प्रदेश सभाको अर्को बैठक जेठ ३२ गते विहिवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।