विराटनगर २८ जेठ ।

 जेठ २३ देखि अनिश्चितकालका लागि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।

जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो तर मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।

कोशी प्रदेश सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । यसरी सरकारले बजेट ल्याउने तयारी गरीरहेको वेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।