बलबारी नगरपालिका वडा न -२ लालभित्ती, कबीर टोल निवासी वीरेन्द्र धिमाल तथा कुमारी श्रेष्ठ धिमालका छोरी वर्ष ६ कि एन्जल धिमाल जन्मजात कलेजोसम्बन्धि समस्याबाट ग्रसित · छिन । शरीरको आन्तरिक समस्याका कारणले कलेजो बिग्रदै जाने र सुधार नहुने भएकाले हाल पूर्णरूपमा बिग्रिएको अवस्था रहेको छ। यतिखेर बिराटनगर, काठमाडौं हुँदै भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ। उपचारको नाममा केवल रोकथाम मात्रै हुँदै आएकोमा अब रोकथामले पनि नहुने र चाँडै कलेजो प्रत्यारोपण नगरे जतिबेला जे पनि हुनसक्ने भनेर चिकित्सकले भनेका छन । कलेजो प्रत्यारोपणका लागि नेपालमा प्रक्रिया पनि जटिल र डेत मिलाउन पनि अत्यन्तै गाह्रो हुनेरहेछ । भारतमा यो सम्भव हुने तर अत्यन्तै खर्चिलो हुने भनिएको छ । अस्पतालका अनुसार नेपाली रूपैयाँ ४० लाख जति खर्च हुन आउने देखिएको छ। कलेजो दान गर्न आमा आफैं तयार छिन् ।
ऋण लागेको र बाँकी घर परिवार, आफन्त यता ६ वर्ष सम्म नानीको उपचार गर्दा २० लाख जति खर्च भइसकेको छ। त्यसमा ६ लाख जती नातागोताबाट सहयोग भएको छ । यही ऋण तिर्नका लागि नानीको बुवा वीरेन्द्र हाल मलेसियामा मजदुरी गरिरहेका छन । अब एक्ली आमाले नानीलाई उपचार गर्नसक्ने सम्भावना नरहेकाले परिवारले समाजसँग गुहार मागेको छ ।
बिरामीको परिवारले समाज गुहारेपछि वडावासीहरूको एक आमभेलाबाट मिति २०८० जेठ २३ गते बिरामी नानीकै घरमा वडाअध्यक्ष श्री कृष्ण गुरूङको संयोजकत्वमा “एन्जल धिमाल बचाउ अभियान २०८०" नामको अभियान समिति निर्माण गरिएको छ। छोटो समयमा ठुलो रकमको जोहो गर्नुपर्ने भएकाले समितिलाई फराकिलो पारिएको छ। वडाका सामाजिक, राजनीतिक, शैक्षिक, व्यापारिक व्यक्तित्वहरू, सहकारीकर्मीहरू, सेवानिवृत्त व्यक्तित्वहरू, सामुदायिक वनका सञ्चालकहरू, वैदेशिक रोजगारीमा रहेका वडाका नागरिकहरू सबै सदस्य रहनेगरी ५०१ जनाको अभियान समिति निर्माण भएको हो । अभियानले वडा, नगर हुँदै सहयोगी मनहरूलाई अनुरोध गरी देश र विदेशबाट १ महिनाको समयमा आवश्यक पर्ने रकम सङ्कलन गर्ने तयारी गरेको छ। सङ्कलित रकमको विवरण दुरूस्त राखिने र सम्पूर्ण हिसाब सार्वजनिक गरिने व्यहोरा पनि जानकारी गराइएको छ।
EXCEL DEVELOPMENT BANK, Belbari
Anjal Dhimal Bachau Abhiyan
Ac no. 0400020020 7233000001 701
कृष्णबहादुर गुरूङ
संयोजक
९८५२०५९०३१