बेलबारी नगरपालिकाभित्रका घर र पसलबाट ईन्भ्यारो प्रा।लि संस्थाले फोहोर संकलन गर्ने नाममा रकम उठाएकोभन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गएको बर्षहरुमा प्रति घर र पसलबाट ६० रुपैयाँ उठाउने गरेको र यसबर्ष दुई गुणा बढाइनुको कारण माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । फोहोर संकलनको लागि छुट्टै शुल्क नउठाई नागरिकहरुबाट संकलित करबाट र बिभन्न क्षेत्रबाट प्राप्त हुने आर्थिक स्रोतबाट नगरपालिकाले फोहोर व्यवस्थापन गर्नुपर्नेसमेत पार्टीले माग गरेको छ ।