बि एण्ड बि अटो ट्रेडर्स बिराटचोकमा रेजेडआर १२५ हाइब्रिड स्कुटर  लन्च भएको छ। मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर बि एण्ड बि अटो ट्रेडर्स बिराटचोकले जेठ २६ गते एक  कार्यक्रम गर्दै सार्वजनिक गरेको हो । सुन्दरहर‌ँचा उध्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले उक्त हाइब्रिड स्कुटरको अनावरण गर्नुभएको थियोे । युनिफाइड ब्रेकिङ सिस्टम , साइड स्ट्यान्ड, इन्जिन कटअप फङसन र २१ लिटर अन्डरसिट भण्डारजस्ता सुविधाहरु रहेको ट्रेडर्सका रिजनल मेनेजर रबिन श्रेष्ठले जनकारी दिनुभयो ।