विराटनगर २४ जेठ ।
कोशी प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले पहिचान बादी संग वार्ता गर्न तीन सदसिय वार्ता टाली गठन गरेको छ ।
यसै गरी जसपा र माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले बजेट अध्याय देशवाट भन्दा पनि समर्थन जुटाएर ल्याउने तयारी गरेको कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला जानकारी दिए ।
उनले भर्सक वहुमत जुटाएर बजेट ल्याउने तयारीमा रहेको बताए । मन्त्री सिटौलाले वहुमत बाट नभए संवैधानीक ढगंबाट बजेट ल्याउने जानकारी दिए । उनले असार १५ सम्म विश्वासको मत ल्याउनु पर्ने भएकाले विश्वासको मत त्यो भन्दा अगाडी पनि आउन सक्ने बताएका छन् ।
आज वसेको कोशी प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
सो बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने ,कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
त्यसै गरी खाँदबारी नगरपालिका संखुवासभाको वडाको सीमाना हेरफेर गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने र प्रदेश सहयोग कार्यक्रमको सम्बन्धमा नेपाल सरकार र स्वीस सरकार बीच द्धिपक्षीय सम्झौता नविकरणको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।
प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गिकरण सम्बन्धी कार्यविधि २०८० र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सिटौलाले जानकार दिए ।