कोशी प्रदेशका बिभिन्न जिल्लाहरुबाट नियन्त्रीत लागूऔषध ब्राउनसगुर सहित आईतवार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका(९ सलकपुरबाट स्थानीय २६ बर्षीय मोहमद अस्लाम र २५ बर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी झापाको अर्जुनधारा नगरपालिका(११ बसपार्कबाट अर्जुनधारा नगरपालिका(१० का ३० बर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका(१ का ३४ बर्षीय मदर मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित पक्राउ परेका हुन् भने झापाकै भद्रपुर नगरपालिका(७ बाट स्थानीय ३७ बर्षीय अजित बिश्वकर्मा २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिश्चकर्माको साथबाट प्रहरीले ३ थान डिजिटल तराजु र बिभिन्न कम्पनीका १६ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी ईलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका(९ का २७ बर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका(१ का २५ बर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका(४ का २७ बर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । झापाबाट मोटरसाईकलमा ईलाम तर्फ जाँदै गरेका उनीहरुलाई ईलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट Nitrazepam १० ट्याब्लेट, Navycut ६ बट्टा र ६ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी भोजपुर नगरपालिका(६ का ३८ बर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका(३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आईतवार बिहान पक्राउ गरेको हो । यता मोरङको केरावारी गाउँपालिका(६ कालापनीबाट स्थानीय २७ बर्षीय बिधान राईलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले राईलाई स्सपेन १६० पिस र ट्रमाडोल १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।