निरज चौधरी बेलबारी बेलबारी न पा ७ मा रहेको कृषि तथा पशु सेवा केन्द्र प्रयोग बिहिन भएको छ।बेलबारी नगरपालिकाको ८०% कृषक तथा कृषि योग्य जमिन बेलबारी नगरपालिकाको तल्लो वडाहरु ५ , ६ र ७ रहेको छ। ६ बर्ष देखि उक्त भवन नगरपालिकाले न चलाई भवन पनि जिर्ण र कार्यरत कर्मचारी पनि बेलबारी केन्द्रित नै राखेको डाँगी टोल एकता पशुपालन समूह बाहुनी का प्रतिनिधि ले जानकारी जानकारी दिनु भयो। ८०% कृषक हरु यस सेवा बाट बन्चित भएको समूहका पतिनिधि दाबी गर्छन।  

हाल खेति बालि तथा पशुमा महामारी जन्य लम्फी स्किन डिजिज रोगबाट समुह लगायत वरिपरिका १००० भन्दा बढी गाई संक्रमित भएका भने ५० भन्दा बढी मरेका छन् । प्रकोप देखीएको समयमा छिमेकी पालिकाहरुमा रोग नियन्त्रणका बिबिध कार्यक्रम सहित जनचेतना मुलक कार्यक्रम संचालन भै रहेको अवस्थामा हाम्रो क्षेत्रमा रहेका बहुसंख्यक कृषकले स्थानीय स्तरमा क्रियाशील दक्ष प्राबिधिक र छिमेकि पालिकाका प्राबिधिकबाट सेवा माग गर्नु नगरपालिकाकै गौरवमा आंच आउनु हो प्रतिनिधि बताउछन  । यस क्षेत्रका किसान सेवा लिन बेलबारी सम्म पुग्न नसक्ने र सम्बन्धित शाखाबाट सेवामाग गर्दा टाडा भएको कारण इमर्जेन्सी सेवामा बाधा परि रहेको र  दुध उत्पादनको प्रचुर सम्भावना रहेको र बजारको पैसा गाउमा भित्राउने एक मात्र पशु पालन क्षेत्र गुणस्तरीय कृतिम गर्भाधान सेवा नै ९५ % कृषकको पहुचमा पुग्न नसकेको हुनाले नगरपालिकाले छिटो भन्दा छिटो बाहुनी कृषि र पशु सेवा केन्द्र प्राबिधिक जनशक्तिको ब्यबस्था ,कार्यक्रम सहित संचालन गरि दिनु हुन् समुहका सचिब प्रलाद कार्की ले अनुरोध गर्नु भएको छ।