निरज चौधरी ,बेलबारी ।  बेलबारी नगरपालिकाले ०७९/०८०का लागि कालो  पत्रे सडक मर्मत निर्माण थाले छ । बेलबारी नगरपालिका वडा न १ ,२,३,९ र ६मा  गरि जम्मा ५ वटा वडामा कालोपत्रे सडक मर्मत गर्ने छ। एक करोड २५ लाखमा प्रतिक बिल्डर्स धरानले ठेक्का पारि सो मर्मत सुरु गरेको छ। आज बाट नगरपालिका जाने बाटो  सिसौली मार्ग बाटो बाट  ९०० मिटर मर्मत   सुरु  भएको छ। बेलबारी नगरपालिका नगर प्रमुख दिल प्रसाद राई इन्जिनियर बालकृष्ण निराैला,बेलबारी वडा न १ वडा अध्यक्ष मणि पुलामी मगर र प्रतिक बिल्डर्स का प्रतिनिधि को उपस्थितिमा मर्मत सुरु गरिएको छ।  त्यस्तै बेलबारी नगरपालिका वडा न २ मा शुक्रपथ मार्ग ५०० मिटर , वडा न ३मा  पुरानो मालपोत अगाडी २०० मिटर वडा न ९मा  लक्ष्मीमार्ग सोराभाग सडकमा पर्ने नलबारी चौक देखि  दक्षिण २०० मिटर र वडा न ६ मा  दुधा पुल देखि बेलबारी न पा को पुरानो वडा कार्यालय सम्म २०० मिटर रहेको छ। जम्मा २ किलोमिटर कालोपत्रे

मर्मत गर्ने छ।  road1