मदन खतिवडा बेलबारी।  आज बाट केहि दिन लाई बिद्यालय बिदा हुने भएको छ।  बेलबारी नगरपालिका शिक्षा शाखाबाट बेलबारीमा रहेको सम्पूर्ण सामुदायिक बिद्यालयलाई २ दिन बिद्यालय बिदा  गर्न निर्देशन दिएको छ।  २-४ दिन देखि अत्याधिक गर्मि बढेकाले बिद्यार्थीहरु बिद्यालयमा सरिक हुन कठिन भएको ले बिद्यालय बिदा गर्न लगाएको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले जानकारी दिनु भयो। बिद्यालय तथा अभिभाबक बाट केहि दिनलाई बिद्यालय बिदा गर्न गुनासो आएपछि ,सो गुनासोलाई मध्यनजर गर्दै सो बिदा गर्न निर्णय लिएको कोइरालाले बताउनु भयो।  मौसम यस्तै रहे केहि दिन सम्मलाई बिद्यालय बिदा  रहने समेत जानकारी दिनुभयो , सो बिदा आगामी बर्षे बिदा बाट कट्टा हुने समेत जानकारी दिनु भयो।