विराटनगर, १६ जेठ ।
युवा तथा खेलकुद मंन्त्री डिग बहादुर लिम्बुले पहिले देखि नै खेलकुद क्षेत्र प्राथमिकतामा नपरेको अवस्थामा यसपटक पनि बजेट कटौती गरेर सन्तुलन कायम नगरिएको बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै युवा तथा खेलकुद मंन्त्री लिम्बुले बजेट छलफल क्रममा अर्थ मंत्रालयले थप संसोधन गर्ने आशा व्यक्त गर्दै पार्र्टीका नेता र प्रधानमंत्रीलाई यसबारे ध्यानाकर्षण गराउने भन्दै उनले यसपालि सन्तुलित बजेट नआएको बताए ।
मन्त्री लिम्बुले अदालतको आदेशको सरकारले उच्च सम्मान गरेको बताउदै राजनैतिक निकास दिनका लागि अप्रिय लाग्ने निर्णय गर्न बाध्य भएको रुपमा बुझिदिन आग्रह समेत गरे । उनले रेशम चौधरीको कैद मिनाहा मुलुकलाई राजनैतिक निकास दिनुपर्ने भएकाले यसको विकल्प नभएको बताए ।