विराटनगर, १४ जेठ । कोशी प्रदेशको पुनः नामाकरण गर्न माग गर्दै आएका पहिचानवादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि विराटनगरमा प्रदेश सभा अगाडी देवकोटा चोकमा आन्दोलनकारी र प्रहरी विच झडप भएको छ ।
आज दिउसो प्रदेश सभा सचिवालय नजिकै भएको झडपका क्रममा करिब तीन दर्जन सुरक्षाकर्मी र आन्दोलनकारीहरु घाइते भएका छन् । उनीहरुको विराटनगर स्थित कोशी अस्पताल र न्यूरो अस्पतालमा उपचार भईरहेको छ । झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब डेढ दर्जन अश्रुग्याँस प्रहार गरेको बताइएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर बनाउन पानीको फोहरा समेत प्रहार गरेको थियो ।
आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोडेर अगाडी बडेपछि झडप भएको हो । आन्दोलनकारीहरुले देवकोटा चोक स्थित स्वास्थ्य मंत्रालय र प्रदेश स्वास्थ्य आर्पूर्ति व्यवस्थापन केन्द्रमा समेत ढुंगामुढा गरेका छन् । आन्दोलनकारीहरुले ढुगांमुडा साथै गेडिस प्रयोग गरेका थिए । उनहिरुले सडकमा टायर वालेर विरोध गरेका थिए ।
जेठ १४ गते देखि कोशी प्रदेशको बजेट अधिवेशन शुरु हुने भएपछि पहिचानवादीहरुले प्रदेश सभा घेराउ गर्ने भन्दै आन्दोलनका कार्यक्रम र्सार्वजनिक गरेका थिए । यसैक्रममा आइतवार बिहान करिब ३० जना आन्दोलनकारीहरुलाई निषेधित क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उग्ररुप लिएर आएका आन्दोलनकारीहरुले प्रदेश सभा बैठक चलिरहेको अवस्थामा प्रदेश सभा अगाडी ढुगाँमुडा गदै नारावाजी समेत गरेका थिए । उनिहरुले जव सम्म कोशी प्रदेशको नाम परिर्वतन हुदैन आन्दोलन गरिरहने आक्रोस पोखेका छन् ।