विराटनगर, १३ जेठ ।
पहिचान पक्षधरले कोशी प्रदेशको नामाकरणको विरोधमा भईरहेको आन्दोलनलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
निषेधित क्षेत्रमा भेला जम्मा हुन र विरोध पर््रदर्शन गर्न रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जेठ १३ गते बिहान ६ बजे देखि अर्को आदेश नभए सम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको विज्ञप्ती अनुसार प्रदेश सभा भवन, मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुखको निवास र जिल्ला प्रशासन कार्यालयको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।
प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गते देखि शुरु हुन लागेको र जेठ १३ गते देखि पहिचानवादीहरुले विरोध प्रदर्शन गर्ने जनाइएको छ । प्रदर्शनीमा कुनै पनि घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाईएको छ ।