विराटनगर ।कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्दै आएका पहिचान बादीहरुले कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने माग गर्दै विभिन्न ५ वटा संघ संगठनमा आबद्ध युवाहरुको भेलाले पहिचानका लागि युवा नामक फोर्स गठन गरेको छ ।
शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रम बीच भीम राईको संयोजकत्वमा पहिचानका लागि युवा फोर्स गठन गरिएको हो । प्रदेशको नामाकरण पहिचानका आधारमा परिवर्तन नगरिए सम्म युवाहरु सम्मिलित सो फोर्सले विभिन्न आन्दोलनका कार्यक्रम गरिरहने जनाइएको छ ।
सैन्य संरचनाको ढाँचामा गठन गरिएको सो फोर्सले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु आयोजना गर्ने र पहिचान पक्षधरका लागि माहौल बनाउन सहयोग गर्ने जानकारी दिइएको छ । प्रदेशको नामाकरण सच्याउन माग गर्दै भईरहेको आन्दोलनमा केही गल्ती कमजोरी भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउन १ सय ५१ सदस्यीय केन्द्रिय समिति रहेको सो फोर्स गठन गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रदेशको नाम परिवर्तन नभए सम्म आन्दोलन गरिरहने उनिहरुले बताएका छन् ।