बेलबारी। मोरङको बेलबारीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं २ को आयोजना र विराट मेडिकल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
आधारभूत स्वास्थ्य केन्द्र बेलबारी नगरपालिका वडा नं २ को प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा जनरल मेडिसिन, स्त्रीरोग विशेष, रेडियोलोजी र आँखा जाँचसम्बन्धी सेवा प्रदान गरिएको आधारभूत स्वास्थ्य केन्द्र बेलबारी २ का प्रमुख बालकृष्ण अधिकारी बताउँछन् ।
वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर वार्षिक कार्यक्रमअनुसार निशुल्क शिविरको आयोजना गरिएको बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।
बिहान १० बजेदेखि ५ सम्म सञ्चालन भएको शिविरबाट १ सय ३७ जना वडावासीले सेवा लिएको वडा सचिव राजेन्द्र खतिवडाले जनाएका छन् ।