हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ ।

कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ ।