बेलबारी नगरपालिका वडा नंं.८ मा रहेको श्री सिहंदेवी सामुदायिक बन उपभोक्ता समुहले आज बेलबारी नगरपालिका वडा नं. ८ मा रहेको श्री रणपाल आधारभुत विद्यालयमा एक कार्यक्रम गरि गरिबी निवारण अन्तर्गतको कार्यक्रमलाई लक्षित गरि ४०,००० बराबरको ७५ जना छात्र–छात्राहरुलाई नि–शुल्क पोशाक वितरण गरेको छ ।
यस उपभोक्ता समुहले विभिन्न क्षेत्रमा विद्यालय, मठमन्दिर, सामुदायिक भवनलगायतमा नि–शुल्क लगानी गर्दै आएको छ । त्यस्तै २ लाख बराबरको बेलबारी नगरपालिका वडा नं. ७, ८ र १० का ५० विपन्न घरपरिवारका २५० जनालाई नि–शुल्क स्वास्थ्य बिमा गरेको छ ।
नि–शुल्क पोशाक वितरण कार्यक्रममा प्रमुख अतिथि सव डिभिजन बन कार्यालय बेलबारीका प्रमुख दिपेश कुमार मिश्र, श्री सिंहदेवी सामुदायिक बनका अध्यक्ष समर बहादुर तामाङ, सव डिभिजन बन कार्यालय बेलबारीका रेन्जर राजेन्द्र घिमिरे, नेकपा माओवादी केन्द्र नगर सचिव लक्ष्मण तामाङ , श्रि सिंहदेवी सामुदायिक बन उपभोक्ता समुहकी सचिव उर्मिला राई,श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष बिर्ख बहादुर लिम्बु , क्षेत्र नं. ३ का संयोजक भवानी मगर, क्षेत्र नं. २ का संयोजक जित बहादुर थापा लगायतको उपस्थितिमा पोशाक वितरण गरिएको थियो ।