बेलबारी रास्ट्रीय स्वतन्त्र पार्टीले बेलबारी नगरापालिकाको वडा न १ मा  वडा कमिटि गठन गरेको  छ । बेलबारीको तमु गुम्वामा आज बिहान ७ करिब ६० जनाको समर्थकको भेलाले सो समिति चयन गरेको  हो ।  कार्यक्रम रास्वपाका प्रदेश सदस्यहरु प्रेमलाल चौधरी, केदारनाथ आचार्य, रोजन बराल लगायतको उपस्थिति रहेको थियो । समितिको सभापतिमा समिर पाण्डे, उपसभापतिमा रीता परियार, सचिवमा नरेश गिरी सदस्यहरुमा भुवन थापा, रुपेश कुमार देव, देबेन्द्र वि.क.बालकृष्ण थापा, रश्मी श्रेष्ठ, बिमल गिरी चयन हुनु भएको छ । नव गठित समितिले खालि २ वटा सदस्य पदमा २ जना थप महिलालाई मनोनित गर्ने बताइएको छ ।  समिति सबै हिसाबले सामबेशी बनेको कार्यक्रम संचालक कुमार खुलालले बताउनु भयो ।