विराटनगर, २ जेठ ।

आर्थिक बर्षको अन्त्य हुनैलाग्दा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मंत्री दुर्गा प्रसाद चापागाईले चैत्र मसान्त सम्म करिब ४६ प्रतिशत मात्र बजेट खर्च भएको अवस्थामा विकास निर्माणका गतिविधिहरुलाई अझै तिव्रता दिन आग्रह गरेका छन् ।

 भौतिक पूर्वाधार विकास मंत्रालयले विराटनगरमा आयोजना गरेको तेश्रो त्रैमासिक समिक्षा गोष्ठीमा बोल्दै मंत्री चापागाईले निर्माण व्यवसायीहरुलाई भुक्तानीमा समस्या नहुने विश्वास दिलाएर भएपनि कामलाई तिव्रता दिन र चालू आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च गर्ने कार्य गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्  ।

 सो तेश्रो त्रैमासिक समिक्षा गोष्ठीमा मंत्रालय अन्तर्गतका निर्देशनालय सहित ८ वटा पूर्वाधार विकास कार्यालय र ४ वटा शहरी विकास तथा भवन कार्यालयका प्रमुखहरुले जिल्लामा भईरहेका प्रगति रिपोर्ट र समस्याहरु जानकारी गराएका थिए ।

IMG20230516120423

 रकमान्तर नभएकाले बजेट अभाव भएका कारण विकास निर्माणमा सुस्तता आएको सहभागि कार्यालय प्रमुखहरुले गुनासो गरेका थिए । उनीहरुले  न्यून जनशक्ति र साना योजनाहरुमा बजेट विनियोजन गरिएकाले पनि विकास खर्च कम भएको बताए ।  सो मंत्रालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत बजेट खर्च गरेको थियो भने कोशी प्रदेश सरकारको सबैभन्दा बढी बजेट १४ अरब ६ करोड रुपैया रहेको भौतिक पूर्वाधार विकास मंत्रालयले विगत ९ महिनामा ५ अरब ९२ करोड रुपैया मात्र खर्च गरेको छ ।


IMG20230516120514