विराटनगर, १ जेठ ।

 मोरङको बुढीगंगा गाँउपालिकामा शिक्षित बेरोजगार युवाहरुलाई व्यवसायिक सीप सिकाउन तथा उद्यमी बन्न उत्प्रेरित गर्ने उद्देश्यले बिजनेश सप्ताह आयोजना गरिने भएको छ ।

 जेठ ९ गते देखि १४ गते सम्म आयोजना गर्न लागिएको सो बिजनेश सप्ताह कार्यक्रम  बुढीगंगा गाँउपालिकाको सहयोग र टंकिसिनवारी जेसिजले  आयोजना गर्ने बताइएको छ । सो बिजनेश सप्ताह कार्यक्रममा बुढीगंगा गाँउपालिकाको प्रत्येक वडाबाट १०÷१० जना गरी ७० जना युवाहरुको सहभागिता रहने बताइएको छ ।

   प्रशिक्षित युवाहरुलाई नविनतम व्यापारका लागि आवश्यक रकम बुढीगंगा गाँउपालिकाले सहयोग गर्ने गाँउपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले जानकारी दिए ।

युवाहरुलाई विचार र नविनता, उत्पादन र सेवा, कानुन दर्ता प्रक्रिया र कोष व्यवस्थापन, लेखा र वित्तिय व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ । 

IMG20230515133826