विराटनगर १ जेठ
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङ विराटनगरले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जो कोहीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मोरङ मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।
सोमबार संस्थाका अध्यक्ष मोहन भण्डारी सहितको टोलिले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहलाइ ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका लाई कडाभन्द कडा कारवाही गर्न माग समेत गरेका छन् ।
ज्ञापन पत्र बुझाउनु अघि संस्थाले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी मौन प्रर्दशन समेत गरेका थिए । उनिहरुले भ्रष्टाचार विरुद्ध एक हौं, दोशी कोही नछुटुन निर्दोश कोही नफसुन, नक्कली भुटानी शरणर्थी काण्ड राजद्रोही अपराध हो जस्ता नारा लेखिएका प्लेकाड बोकेर प्रर्दशन गरेका थिए । सो प्रदर्शनमा विभिन्न क्षेत्रमा कार्यरत प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
उनिहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुलाई मानव बेचविखन तथा ओसारपोसार, ठगी, सरकारी कागजातकिते र संगठीत अपराध ऐन बमोजिम कारवाही गर्नु पर्ने माग समेत राखेका छन् ।





















