विराटनगर १ वैशाख ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको टिमले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरेको छ ।
उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गरेको हो । ठेक्का सम्झौताअनुसार काम भए-नभएको जानकारी लिनुका साथै सम्झौता अनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत मेयर कोइरालाले बताए । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको थियो ।
सोमबार १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको थियोे । अनुगमनमा वडा सदस्यहरु सचिवालय साथै प्राविधिहरुको उपस्थिति रहेको थियो ।