विराटनगर २८ वैशाख । खेलको क्षेत्रमा देखिएका समयालाई ततकाल समाधान गर्ने युवा तथा खेलकुद मंत्री डिगबहादुर लिम्बूले धारणा राखेका छन् ।
विहिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै मंत्री लिम्बूले खेलको क्षेत्रमा देखिएका समयालाई ततकाल समाधान गर्ने र युवाहरुलाई खेलमा प्रेरीत गर्ने खालको योजना अगाडी बढाउने बताए । उनले खेलको क्षेत्रमा आवद्ध विज्ञहरुसंग छलफल गरेर समस्याको समाधान गर्ने बताए ।
मंत्री लिम्बुले खेलको क्षेत्रमा काम गर्ने कर्मचारीहरु लामो समयदेखि एकै ठाउँमा रहने सरुवा नहुने लगायतका कारण यस क्षेत्रमा बिकास हुन नसकेको बताउदै तत्काल कर्मचारीहरुको व्यवस्थापन र युवाहरुलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने योजना रहेको जानकारी दिए । उनले राष्ट्रको गौरव एसिया कप छनोट अन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एसिया कपमा छनोट भएको टिमलाई सरकारको तर्फबाट स्वागत एवं शुभकामना व्यक्त समेत गरे । उनले खेलाडीरले देशको नाम उच्चो राख्न सफल भएको बताए ।