वैशाख १४, सुन्दरहरैँचा
इन्द्रपूर जेसीजले हिजो आफ्नो २१औँ वार्षिकोत्सवको अवसर पारेर २ महिने कम्प्यूटर प्रविधिक तालिममा सहभागी प्रशिक्षार्थीलाइ प्रमाणपत्र वितरण गरेको छ । प्राविधिक सिप विकास गर्ने तथा आत्मनिर्भर बनाउने उद्देश्यले सुन्दरहरैँचा वाड नं १२ मा रहेको रेसा परामर्श केन्द्र को आर्थिक सहयोग र वाड नं १० मा रहेको कम्प्यूटर प्वाइन्ट नेपालको प्रविधिक सहयोगमा प्रशिक्षण आयोजना गरिएको थियो ।
कार्यक्रममा इन्द्रपूर जेसिजका संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल, मातृ शाखा विराटनगर वर्ष २०२३ का अध्यक्ष अभिनास थापा, इन्द्रपूर जेसीज वर्ष २०२३ का अध्यक्ष विना सुवेदी आचार्य लगायतको उपस्थिति रहेको थियो । तालिममा सहभागी ३८ जनाका साथसाथै इन्द्रपूर जेसीज । जूनियर जेसिजमा प्रवेश गरेका नयाँ सदस्यलाई समेत प्रमाणपत्र वितरण गरेको थियो ।