बेलबारी । "पुजेर हैन बुझेर धर्म गरौ सेवानै धर्म हो" भन्ने मूल नाराका साथ बेलबारी नगरपालिका वडा न ६ मा ५ दिने महिलाहरुका लागि उद्घोषण तालिम सम्पन्न भएको छ। बैशाख ६ गते देखि सुरु भएको उक्त तालिम आज १० गते समापन बेलबारी वडा न ६का वडा अध्यक्ष टेक बहादुर राईको प्रमुख अतिथिमा गरिएको छ।
बेलबारी नगरपालिकाको आर्थिक सहयोग श्रमिक महिला समूह बेलबारीको आयोजना र बेलबारी वडा न ६ को सहकार्यमा सुरु गरिएको थियो। उक्त तालिम बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतले सहजीकरण गरेका थिए।
सुरुमा यो तालिम लिन आउदा हात खुट्टा काप्ने र अहिले यो ५ दिने तालिम पछि कुनै पनि बिषय बस्तुमा बोल्न सक्ने भएको छु सहभागी बिद्यार्थी आयस्मा खवासले आफ्नो धारणा राख्नु भयो।
सदस्य निलम कुमारी राईले यो पल्ट बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा यो तालिम सम्पन्न भयो अब आउने आर्थिक बर्षमा वडाको आर्थिक सहयोगमा हुने भन्दै आफ्नो धारणा राख्नु भएको थियो।
प्रशिक्षक बस्नेतलाई हाम्रो वडाका महिलाहरुलाई आफ्नो कुरा बिषय बस्तुको बारेमा बोल्न सक्ने बनाइदिनु भएकोमा धन्यवाद दिदै वडा अध्यक्ष टेक बहादुर राईले आफ्नो धारणा राख्नु भएको थियो।
समापन कार्यक्रममा वडा अध्यक्ष टेक बहादुर राई वडा सदस्य राजेन्द्र खवास दिप कमल गच्छेदार निलम कुमारी राई फुगुनी सरदार लगायतको उपस्थिति मा सम्पन्न भएको छ।