आज चार बर्षपछि १७औ साधारणसभाबाट  देबीथान सामुदायिक बन उपभोक्ता समुहको साधारणसभा सम्पन्न मोहन पौडेल बिजयी ।आज आफ्नै बेलबारी वडा न ४मा रहेको कार्यालयमा साधारण सभा गरि पौडेल निर्बाचित भएका हुन्। उपाध्यक्षमा  बिमला नेपाली सचिब घनश्याम राई कोषाध्यक्ष पूर्णकुमारी घले सहसचिव कृष्ण प्रसाद नेपाल निर्बाचित भएका हुन्।

अध्यक्ष नारायणकुमार सुनुवारले कार्यक्रममा प्रगति प्रतिबेदन  प्रस्तुत गरेका थिए भने ,नीति तथा कार्यक्रम  सांगठानिक  प्रतिबेदन समूह का सचिब रिता भण्डारी  र आर्थिक प्रतिबेदन समूहका लेखा संयोजक बिनोद भडारीले प्रस्तुत गरेका थिए । 

समुहको १७ साधारण सभा निबर्तमान अध्यक्ष नारायण सुनुवारको अध्यक्षतामा र बेलबारी वडा न ४ का वडा अध्यक्ष चन्द्र लिम्बु को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।