बेलबारीमा वडा स्तरीय डोरी तान प्रतियोगिता हुने भएको छ । बेलबारी डोरीतान नगर समितिले आयोजना गर्ने उक्त खेल मिति २०७९ चैत्र २५ गते बिहान ११ बजे बेतना युनाइटेडको खेल मैदानमा हुने छ । बेलबारी नगरपालीका भित्रका सबै वडाहरु सहभागी हुने यस खेलको अनुमानित खर्च रु. ४ लाख रहेको छ भने विजेता पुरस्कार रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहकोेछ । उप विजेता पुरस्कार रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र , बेस्ट टिम तथा अनुशासित टिम अन्तर्गत रु. ५, ५ हजार नगद, ट्रफी र प्रमाणपत्र र बेस्ट कोच अन्तर्गत रु.२५०० नगद, ट्रफी र प्रमाणपत्र रहकोे छ ।
विश्वकै प्राचिन खेल मध्येको एक डोरी तान खेल दुई टिम बिच डोरीलाइ तानातान गर्दै खेलिने खेल हो । प्रत्येक टिममा ८ जना खेलाडी हुने यस खेलमा आफुतिर डोरी तान्दै डोरीमा भएको संकेतलाई सम्बन्धित रेखा पार गराउनु पर्दछ । अन्य देशमा अत्यन्तै लोकप्रीय यो खेल नेपालमा पनि प्राचिन समयबाट खेलिँदै आएपनि संस्थागत हुन नसक्दा आधिकारिक नियम अनुसार नखेलिने र खेलबाट खेलाडीको भविष्य पनि नहुनेभएपछि सन् २००७ मा राष्ट्रिय खेलकुद परिषदको पहलमा यो खेल अन्तराष्ट्रिय डोरीतान महासघंबाट सलस्यता प्राप्त नेपाल डोरीतान सघं दर्ता भएको हो ।