बेलबारी । बेलबारी नगरपालिकाले पहिलो चरणको निस्सा प्रमाण पत्र बितरण सुरु गरेको छ। बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राइले आफै उपस्थित भइ पहिलो चरण को निस्सा प्रमाण पत्र बेलबारी नगरपालिका वडा न ६ बाट सुरु गर्नु भएको छ।
बिगत देखि यहाँ बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिको आवेदन माग गरेको थियो ।सोहि आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी , भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरुलाइ निस्सा बितरण चलाइएको हो ।बेलबारी नगरपालिका वडा न ६ मा दुइ सय १९ जना ले निस्सा प्रमाण पत्र पाउने छ।
बेलबारी नगरपालिका वडा न ६मा बुधबार वडा कार्यालयमा नै एक कार्यक्रमको आयोजना गरि पहिलो चरणमा १ सय ३५ जनालाई र भोलि देखि वडा कार्यालयमै अन्यलाई निस्सा प्रमाण पत्र बितरण गरिने वडा अध्यक्ष टेक बहादुर राइले जानकारी दिनुभयो ।
निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको पानी र लेमिनेसन् न गरि न च्याति संरक्षण गरेर राख्न नगर प्रमुख दिल प्रसाद राइ ले अनुरोध गर्नु भयो ।
क्रमशः निस्सा बितरण सबै वडामा गरि सक्ने र यसपछी अन्य प्रक्रियाको काम थालेर चाडै बेलबारी नगरपालिकाका सुकुम्बासी तथा भुमिहिनहरुलाई धनीपुर्जा उपलब्ध गराईने उहाले बताउनु भयो ।