सुनसरी, २०७९ चैत्र ०९ गते ।

ठगी मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका दुहवी नगरपालिका-१० का ३७ बर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङको २०७५/०२/२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५६८४५०/- रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराईएकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।