मोरङ, चैत २ गते ।
मोरङको बिराटनगर महानगरपालिकाका बिभिन्न स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्याँसको पाईप, किटको कराई लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव २ लाख ५ हजार बराबरको सामान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।