बेलबारी । आज बेलबारी नगरपालिका वडा न ७ को बाहुनी स्वास्थ्य चौकीमा बृहत निशुल्क  स्वास्थ्य शिविर सम्पन्न भएको छ।  Neuro Cardio & Multispeciality Hospital Pvt. Ltd. का कार्यकारी निर्देशक डा अनिशा बिस्ट को पहलमा उक्त शिविर भएको हो।स्व शान्ति बहादुर बस्नेत तथा आमा श्रीमती गंगा देबी र शशिकला बस्नेतले स्वास्थ्य चौकीलाइ जग्गा दान गरि स्वास्थ्य चौकी स्थापना भएको थियो।आफ्नै बुवा आमा को सम्झना र आफ्नो माइती घर भएकोले बाहुनी बासीहरुका लागि शिबिरको आयोजना भएको थियो।  डा बिस्ट ले "म हुर्केको माटोलाई मेरो सम्मान "तथा हाम्रो  प्रतिबद्दता स्वाथ्य बाहुनी अभियान  भन्ने  नाराका साथ भब्य शिबिर सम्पन्न गरेको हो। उक्त शिबिरमा डा अनिशा बिस्टको अध्यक्षता र बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राई को प्रमुख अथितीमा सुरु गरिएको थियो।Neuro Cardio & Multispeciality Hospital Pvt. LTDबेलबारी नगरपालिका वडा न ७ का बासिन्दाहरुलाई अस्पतालको सेवा सुबिदामा १० प्रतिसत छुट दिने अस्पतालले जनाएको छ।  आजको शिविरमा ६५० जना बिरामीले सिबिर बाट लाभ लिएका थिए भने ECG १०० जना ECO  ३२ जना  र USG( VIDEO-XRAY  )६३ जना दात सम्बन्धि १८ जान को प्रयोशाला गरिएको थियो। डा अनिशा बिस्ट को पहलमा प्रतेक बर्ष एकपल्ट बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने प्रतिबद्दता दिनुभएको थियो। पाच बर्ष को लागि Neuro Cardio & Multispeciality Hospital Pvt. को तर्फ बाट कार्यकरी निर्देशक डा अनिशा बिस्ट र बेलबारी नगरपालिका वडा न ७ को तर्फ बाट वडा अध्यक्ष सुनिता चौधरी ले सम्झौता गरि बेलबारी ७ बासीहरुको लागि आकस्मिक सेवामा मा Ambulance आउने जाने निशुल्क र शल्यक्रिया लगायतको सेवामा १० प्रतिसत छुट दिने सम्झौता भएको छ। 

  उक्त शिविरमा  Neuro Cardio & Multispeciality Hospital Pvt. Ltd.का बिस विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिबिर संचालन भएको थियो । 

s1

s2s3

s4

s6

s7