बेलबारी। बेलबारी नगरपालिका वडा न ११ मुनाल जनपथ टोलमा आज बिहान आगलागी भएको छ। स्थानीय दिपक रायमाझी को गोठमा आगलागी भएको हो। स्थानीयवासीको सक्रियता र सुन्दरहरैचाबाट आएको दमकलले आगो निभाउने काम गरेको थियो। कानेपोखरीबाट समेत दमकल आएर आगो नियन्त्रण मा लिन सफल भयो । स्थानीयले बिशेष गरि आगो निभाउने प्रारम्भिक कार्य नगरेको भए ठुलो क्षति हुनेथ्यो । कार्टुनमा आगो बालेर खेलाउदा बच्चाको कारणले आगलागी भएको स्थानीय रोशन श्रेष्ठले जानकारी दिनु भयो । बेलबारी नगरपलिकाको दमकल मर्मतमा रहेकाले बेलबारीको दमकल पुग्न असफल भएको छ।






















