मोरङ, फाल्गुन १८ गते ।
मोरङको बिराटनगर-१५ स्थितबाट श्रोत नखुलेको अवैध भारतिय रुपैया सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । हिजो राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनिहरुको साथबाट श्रोत नखुलेको भारतिय रुपैया ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अबैध रकम बरामद भए संगै पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।