बेलबारी । बेलबारी जेसिसले आज समाजको लागि एक उधारनिय   कार्य गरेको छ। बेलबारी जेसिसका सस्थापक अध्यक्ष माधब राज थापाको कार्यकालमा २०१७ मा र २०२० का अध्यक्ष राजेश खत्रीको कार्यकालमा १ वटा गरि दुइ वटा घर अति बिपन्न परिवारको लागि निर्माण गरिएको थियो।  आज बेलबारी  जेसिसले बेलबारी जेसिसको पुराना बर्षहरुलाई सम्झना गर्दै Remembering Past year  लाई सम्झदै ति परिवारलाइ बेलबारी नगरपालिका वडा न १ का वडा अध्यक्ष मणि पुलामी मगरको प्रमुख अथितीमा  खाद्यान्न वितरण गरेको छ।उक्त घरहरु बेलबारी नगरपालिका वडा न १ नक्साल बारीमा रहेको छ।  बेलबारी जेसिसका सस्थापक अध्यक्ष माधब राज थापा पुराना बर्षहरु लाई सम्झदै आफ्नो कार्यकालमा बिष्णु माया खड्काका लागि घर निर्माण गरिदिएको छु।  खड्काको घर पइला फुसको घर हुदा बर्खामा पानि  घर सम्म छिर्ने हुदा मेरो कार्यकाल यो घर अलिक व्यवस्थित रुपमा निर्माण गरिदिएका थियौ र खड्काको रोजीरोटी दाउरा बेचेर गर्ने र एउटा आखा पनि देख्न न सक्ने र एउटा छोरालाई पनि अध्यायन गराउन  नसक्ने अवस्था छ।  खड्काको छोराको पनि बेलबारी जेसिसले नै बेलबारी ३ मा रहेको गुरुकुल पाठशाला मा एस ई ई सम्म अध्यायन गराउने जिम्मा लिएको छ। राम्रो पढाई भए अझ उच शिक्षा समेत अध्यायन गराउने सस्थापक अध्यक्ष थापाले जानकारी दिनु भयो।  आजको खाद्यान्न वितरण सस्थापक महा सचिब कुमार खुलाल र २०२३ का महा सचिब पुस्कल सुबेदी (सियोम) को जम्मा दिनको अवसरमा र जेसिस प्रतिनिधिहरुको सहयोगमा  उक्त खाद्यान्न वितरण गरेको छ।  अध्यक्ष मगरले बेलबारी जेसिसलाई धन्यवाद दिदै आफुपनि गरिब अतिविपन्न परिवारलाई केई सहयोग गर्छु  भनेर हिड्ने मान्छे थिए र गर्दै पनि आएको छु शिक्षाबाट बन्चित न हुन लाई प्रयास सल्लाह लिदै छु भन्दै आफ्नो धारणा राख्नु भएको थियो। अध्यक्ष मगरले आजको खाद्यान्न वितरणमा पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्नु भएको थियो। 

Photo

1j

3j

2j