सुनसरी, माघ २३ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१७ चतरा स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई र पछाडी सवार ३४ बर्षीय दुर्गा राईको साथबाट ४ के.जी. १ सय ८० ग्राम लागुऔषध गाँजा फेला पारी मोटरसाइकल सहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।