मोरङ, २०७९ माघ २२ गते ।
मोरङको सुनवर्षी नगरपालिका ७  बरडंगा स्थितबाट नियन्त्रित औषधी सहित भारतिय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिईएको छ । हिजो दिउसो साढे २ बजे प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ BR39L 1082  नं. को मोटरसाईकल घुमाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल लड्दा चालक मोटरसाईकल छाडी फरार भएका थिए । खटिएको प्रहरी टोलीले सोही मोटरसाईकलमा बाधेको बोरामा नियन्त्रित औषधी Tramadol Capsules IP ट्याबलेट  ९६० पत्ता (९६०० पिस) फेला पारेको हो । फरार भएका व्यक्तीको खोजतलास भईरहेको छ ।
unnamed (1)