केराबारी, १३ माघ । फेवा सिङ्गिङ आइडलको उपाधि सायोनी ठकुरीले जितेकी छिन् । फेवा सेकेन्डरी इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुल केराबारी १० ले सञ्चालन गरेको प्रतियाेगितामा आफ्ना प्रतिष्पर्धीहरूलाई पछि पार्दै ठकुरीले ५६.१ अङ्क ल्याएर उपाधि चुम्न सफल भएकी हुन् । प्रतियोगितामा फष्ट रनरअप भने क्षितिज थापा भएक छन् । थापाले ५३.६ अङ्क ल्याएका थिए । त्यस्तै तेस्राे अर्थात सेकेण्ड रनर अप इशाक तामाङ घाेषित भए ।
त्यस्तै फेवा डान्सिङ आइडलको उपाधि सिनियरतर्फ आर्जु राई र जुनियरतर्फ मिसा मगरले चुम्न सफल भए । सिनियरतर्फ कृति लिम्बू र जुनियरतर्फ प्रमिसा तामाङ दाेस्राे अर्थात फष्ट रनर अप भए ।
प्रदेस सांसद खड्गबहादुर बस्नेतले विजेतालाई पदक तथा प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर, गाउँपालिकाकी पूर्व उपाध्यक्ष शान्तिकुमारी भुजेल लिम्बू, खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलिया, केराबारी गाउँपालिका वडा नं १० का अध्यक्ष पूर्णबहादुर मगर, वडा नं ७ का अध्यक्ष खगेन्द्रप्रसाद निरौला लगायत विभिन्न विद्यालय तथा संघ संस्थाको उपस्थिति रहेको थियो ।
बालबालिकाकाे सर्वाङ्गिण विकासका लागि २०७४ सालबाट सुरु भएको यो प्रतियोगिता चौथो सिजन पुगेको बताउँदै विद्यालयका प्रधानाध्यापक जेपी मल्लले आफूहरू बालबालिकाको व्यक्तित्व विकासमा लागिरहेको बताए । जुनियरतर्फ केजी देखि पाँच कक्षा सम्म सपनियरतर्फ ६ देखि १० सम्ममका विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गीततर्फको निर्णायकको रूपमा गायक दुर्गा पराजुली र सङ्गीतकार भीम बस्नेत रहेका थिए । कार्यक्रममा कलाकार सुवोध गौतमको प्रस्तुतिसमेत रहेको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष रमेश चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने विद्यालयका शिक्षक हेम सुवेदीको रहेको थियो ।