मोरङ, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले पत्रकार सोनु कुमार दासलाई हातपात गरेका छन् ।हिजो बिहान १८ महिने शिशुलाई अस्पतालले मृत घोषणा गरेपछी दाहसंस्कारकालागी लगिरहँदा बच्चा एक्कासी रोएको थियो ।अहिले बच्चाको उपचार गोल्डेन अस्पताल विराटनगरना भइरहेको छ ।यसै विषयमायसै विषयमा अस्पतालको धारणा बुझ्न गएका पत्रकार सोनु कुमार दासमाथी हातपात भएको हो ।  उनले आफुमाथी हातपात भएको कुरा उल्लेख गर्दै सामाजिक संजाल फेसबुकमा तस्विर सहित राखेर  लेखेका छन् ;

''खोइ कहाँ छ सरकार ? स्वास्थय मन्त्री र सरकार ?
म माथी कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मिनारायण यादबले हातपात गरेका छन् । आज बिहान एक १८दिनको शिशुलाई उपचारका लागी कोशि अस्ताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदि किनारा लगिरहदा बच्चा रुन थाल्यो । अहिले शिशुलाई गोल्डेन अस्पतालमा NICUसय मा उपचार भइरहेको छ । अस्पतालले बच्चा जिवितै रहेको भनेपछि , कोशीको लापार्वाही हद पार गर्यो । हामी लाइभ न्यूजको टिम कोशीको सुपरिटेन्डेन्ट डा. लक्ष्मी संग यस विषयमा आधिकारीक धारणा माग्दा , म केहि बोल्दिन ,तिमीलाई कोठाबाट बाहिर निकालिदिन्छु भने पछि , हामीले त्यस पछि उनिसंग सोध्ने प्रयास गर्यौं । उनले मलाई हात पात गर्दै बाहिर निकाले । तिमिलाई जे गर्नु छ गर भने । पछि माफि माग्छु भन्दै थिए । हामीले यस विषयमा थप बुझने प्रयास गरिरहँदा मृत धोषणा गर्ने स्वास्थ्यकर्मी उनको आफन्त रहेको छ । कहिले सम्म यस्तो ? जिवितै रहेको शिशुलाई कोशी अस्पतालले मृत घोषणा गरेको रिपोर्टिङ गर्दा म माथी भएको दुर्वयवाहर प्रति आपत्ती जनाउछु ।''
अस्पतालले लापर्वाहि गरेको भन््दै विभिन्न ठाउँमा आन्दोलन समेत भई रहेको छ ।