प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।  मुख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले १३ ओटा मन्त्रालय बाट घटाएर ९ ओटामा झार्ने निर्णय गरेको हो ।

यसअघि शेरधन राई नेतृत्वको सरकार बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो ।

साथै उक्त बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतका निर्णय समेत गरेको छ ।