विराटनगर, २४ पुस : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार एमाले नेता कार्कीलाई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि कार्कीले ६० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङसमक्ष अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
कार्कीलाई एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका एक प्रदेश सदस्यको समर्थन छ ।