बेलबारी नगरपालिकाले महिलाहरुलाई निशुल्क स्वास्थ्य सेवा आयोजना गर्ने भएको छ ।नगरपलिकाले स्त्री रोग र क्यान्सर रोग बिशेषज्ञ डाक्टरहरु द्धार्रा पाठेघरको मुखको क्यान्सर (VIA)जाँच , स्तन क्यान्सर स्क्रिनिङ र रिङपेशरी जस्ता स्वास्थ्य सेवा विभिन्न स्वास्थ्य संस्थाहरुमा आयोजना गर्ने भएको हो ।
नगरपलिकाले २०७९ पुस २४ गते आइतबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी -२ लालभित्तिमा, २५ गते सोमबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी -३ मा, २६ गते मंलबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी - ४ धरहरा, २७ गते बुधवार कसेनी स्वास्थ्य चौकी बेलबारी - ५ कसेनीमा, २९ गते शुक्रबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी - ६ बोराबाधमा, माघ २ गते सोमबार बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र बेलबारी - ७ बाहुनीमा, माघ ३ गते मंलबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी - ८ बलुवाहीमा, माघ ४ गते बुधवार डागीहाँट स्वास्थ्य चौकी - ९ डागीहाँटमा, माघ ५ गते विहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी -१० बलुवाहीमा, माघ ६ गते शुक्रबार आधारभुत स्वास्थ्य सेवा केन्द्र बेलबारी -११ लक्ष्मीमार्गमा र माघ ९ गते सोमबार बेलबारी नगर अस्पताल बेलबारी -१ मा गरेर जम्मा ११ दिन निशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
बिहानको १० बजेबाट स्वास्थ्य सेवा सुरु हुनेहुँदा ३० वर्ष भन्दा माथिका सम्पूर्ण महिला दिदिबहिनीहरुलाई सिविरमा उपस्थित भइ स्वास्थ्य सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ ।