बेलबारी, २० पौष । मोरङ नेत्रहीन सङ्घले एक कार्यक्रमकाबिच २१९ औँ अन्तराष्ट्रिय लुइस ब्रेल जयन्ती तथा ५ औँ ब्रेल दिवश सम्पन्न गरेको छ । बेलबारी ३ मा रहेको संस्थाको आफ्नै कार्यालयको प्राङ्गणमा एक कार्यक्रम गरेर अन्तराष्ट्रिय लुइस ब्रेल जयन्ती तथा पाचौँ ब्रेल दिवश सम्पन्न गरेको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दीलप्रसाद राईले दृष्टिबिहिन भए भनेर जीवनमा हार खान नहुने बताउँदै लुइस ब्रेलले झैँ हिम्मत नहारी अगाडि बढ्न नेत्रहीन युवाहरूलाई आग्रह गरे ।

कार्यक्रममा महिला अधिकार मन्चकी केन्द्रीय सदस्य सीता सुवेदी, बेलबारी नगरपालिका वडा नं ३ का सदस्य भोगेन्द्र चाम्लिङ राई, राष्ट्रिय अपाङ महासङ्घ प्रदेश नं १ की उपाध्यक्ष भीका खतिवडा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।                                            

कार्यक्रममा मोरङ नेत्रहीन सङ्घकी निवर्तमान अध्यक्ष एवम् नेत्रहीन सङ्घकी केन्द्रीय सदस्य शावित्रा कोइराला, राष्ट्रिय अपाङ महासङ्घ प्रदेश उपाध्यक्ष भीका खतिवडा, जग्गा दाता निदकण्ड र होमकुमारी सुवेदीको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा ब्रेल लेखन प्रतियोगिता, मेमोरी टेष्ट प्रतियोगिता, छात्रवृति वितरण, तथा ब्रेल पेपर वितरण गरिएको थियो । साथै उक्त अवसरमा विभिन्न महानुभावबाट राखिएका अक्षय कोषको रकमबाट प्राप्प्त छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

आजै संस्थाको २० औँ वार्षिक साधारण सभासमेत सम्पन्न गरिएको छ । उपाध्यक्ष भोजराज भुजेलद्वारा कार्यक्रमको औचित्यको बारेमा प्रष्ट पारेको उक्त कार्यक्रममा सचिव मणिन्द्र भट्टराईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।          

संस्थाकी अध्यक्ष सीता बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव दुर्गा योगीको रहेको थियो ।