जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ
झापा, पुस ०९ गते ।
झापाको कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन । पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा रनमाया बास्तोलाले पुस ६ गते मृतक बस्तोला संगै घाँस काट्न गएको बेला हँसिया प्रहारी गरी हत्या गरेको खुल्न आएको छ । पुस ८ गते हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ परेकि रनमायाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अवैध सामान बरामद
झापा, पुस ०९ गते ।
झापाको मेचीनगर नगरपालिका-८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाईएको छ ।