डम्बर बहादुर विश्वकर्मा

लेटाङ्ग ।  उत्तरी मोरङ्गको लेटाङ्गमा  ईतिहास कै पहिलो पटक सुविधा सम्पन्न पाँच बेड सुविधा सहितको हेल्थ केयर सेन्टर सन्चालनमा आएको छ । 

उक्त लेटाङ्ग एडभान्स हेल्थ केयर  सेन्टर  नामक  सेन्टरको गत ०७८ पौष ७ गते बुधारका दिन एक समारोहको विच उद्घाटन गरे सँगै सन्चालनमा आएको हो । 

सेन्टरलाई स्थानिय लेटाङ्ग बजारको विपि चौक देखि झण्डै ५० मिटर मात्र  पश्चिममा रहेको अौषधि पसलको रुपमा लामो समय देखि स्वास्थ्य क्षेत्रमा विश्वस्निय सेवा दिँदै आईरहेको प्रशान्त मेडिकलले सन्चालनमा ल्याएको हो ।  

लेटाङ्ग बजारमा अहिले सम्म एउटा सरकारी  प्राथमिक स्वास्थ्य केन्द्र सँगै ६ वटा विशेषज्ञ सेवा दिने स्वास्थ्य संस्था एवं एउटा परिक्षण केन्द्र तथा एउटा अौषधि विक्री केन्द्र रहेका छन् । तथापि विशेष विशेषज्ञ सेवा लिन वा स्तरिय परिक्षणको अभावमा कैयौं विरामीको परिक्षणकै लागि मात्र पनि धरान विराटनगर सम्म पुग्दा खर्च र समय समेत बर्वाद भै रहेको तितो यथार्थ हो। त्यसैले उक्त सम्स्याबाट स्थानिय बासीलाई विशेषज्ञ सेवा देखि विरामीहरुलाई सेन्टरमै राखेर उपचार गराउने सुविधा सहितको यो मात्रै एउटा स्वास्थ्य संस्था रहेको संचालाक मध्येका एक ईश्वर शाक्यले बताए । उनका अनुसार हाल सेन्टरमा आठ सैया९आकस्मिक कक्षको ३ बेड सहित० सहितको विशेषज्ञ सेवा उपलब्ध रहेको छ । यसबाट स्थानियलाई साधरण रोगको उपचार गर्न समेत बाहिर जानुपर्ने झंझट साथै यातायात र खानबस्नमा हुने खर्चको चिन्ता समेत कम भएको जनाईएकोछ ।

1

हाल सेन्टरमा २४ घण्टे विशेषज्ञ सेवा देखि DR प्रविधिको अत्याधुनिक डिजिटल एक्सरे सेवा , २४ सै घण्टा आकास्मिक सेवा , २४ सै घण्टा ल्याव सेवा ,अौषधि विक्री ,ईसिजी सेवा , थाईराईड परिक्षण , नेवुलाईजर तथा अक्सिजन सेवा देखि विभिन्न रोगको परिक्षणका लागि सेवा समेत सन्चालनमा आएको अर्का सन्चालक सिताराम लुईंटेलले बताएका छन् । यसै गरी दैनिक आँखा तथा कानको उपचार सेवा , दैनिक रुपमै विशेषज्ञ डाक्टरको सेवा , पलाष्टर तथा माईनर अप्रेशन सेवा लगाएतका सेवा सँगै प्रत्येक शनिबार ईण्डेस्कोपी सेवा समेत संचालनमा रहेको सन्चालक लुईंटेल बताउँछन् । साथै हाल उक्त सेन्टरमा लेटाङ्गमै पहिलोपटक हरेक शनिबार पेटको इन्डोस्कोपी तथा फोक्सोको PFT  सेवा सँगै हरेक शनिबार घाँटीको इन्डोस्कोपी तथा कानको PTA सेवा समेत शुरु गरिएको छ । साथै सेन्टरमा बिभिन्न क्षेत्रमा उच्च स्तरको प्रविधीबाट सेवा प्रदान भैरहेको छ ।

2

सेन्टरमा बिभिन्न रोगमा विशेषज्ञता हासिल गरेका बिर अस्पताल , पाटन अस्पताल , विपिकेआईएचएस् घोपा लगाएत थुप्रै अस्पतालका ६ जना विशेषज्ञ डाक्टरहरुको सेवा पनि साप्ताहिक रुपमा सन्चालन हुने साथै वरिष्ठ  रेडियोलोजिष्ट डा।सितेश कोईराला(MBBS/MD) को प्रतेक शनिबार र मंगलबार बिहान ११ देखि सेवा प्राप्त हुने बताईएको छ ।

3

साथै सेन्टरमा सेवा दिन साप्ताहिकरुपमा आउने डाक्टरहरुमा क्रमशस् डा। अरविन्द देवMBBS/ MD  जेनेरल मेडिसिन थाइराइड, प्रेसर, सुगर,कलेजो,छाती तथा पेटरोग विशेषज्ञ ९नेम्स विर हस्पिटल० बाट प्रत्येक शनिबार दिनको १ बजे देखि । डा। सविना लामिछाने  ( MBBS/ MD  वरिष्ट स्त्रि तथा प्रसुती रोग ० लाईफगार्ड हस्पिटल विरानगरबाट प्रत्येक मंगलबार ११ बजे देखि । डा। अरुण गिरी   MBBS / MD वरिष्ट नवजात सिशु तथा बाल रोग ०कान्ति बाल अस्पताल काठमाण्डौं बाट प्रत्येक शनिबार १२ बजे देखि । डा। (MBBS/MD) वरिष्ठ  नाक, कान, घाँटी रोग विशेषज्ञ कोशिअञ्चल अस्पताल विराटनगरबाट हरेक शनिबार बिहान ११ बजे देखि । यसै गरी डा। केशव मणि गौतमको सेवा( MBBS/ MD वरिष्ट हाडजोर्नी तथा नशा रोग ० प्रत्येक शनिबार बिहान १० बजे देखि आउनु हुने सेन्टर सञ्चालकले जनाएको छ ।

4

यसैगरी अब देखि सेन्टरमा हरेक शनिबार अपरान्ह ३ बजे देखि नोबेल अस्पताल विराटनगरबाट आउनु हुने बरिस्ठ छाला यौन तथा सौन्दर्य रोग बिशेषज्ञ डा।मनिष प्रधानको सेवा समेत थप गरिएको जनाइएको छ । 

 स्मरण रहोस उक्त सेन्टरमा नेश्नल मेडिकल कलेज बिरगंज बाट आउनुभएका जनरल मेडिसिन तथा जनरल सर्जरी   डा।प्रमोदकुमार यादव(MBBS) को सेवा २४सै घण्टा उपलब्ध हुने एवं दैनिकरुपमा आँखा तथा चस्माको पावर जाँच समेत गरिने व्यावस्थापनले जनाएको छ । 

5

यसै गरी आफ्नो स्थापनाको पहिलो वर्षको शुभ उपलक्ष्यमा मुटु ,क्यान्सर र मृगौलाका दिर्घ रोगिहरुलाई निशुल्क परिक्षण गरिनुका साथै OPD  सेवामा २५ प्रतिशत छुट गरिने छ । पुस महिना भरि निशुल्क सुगरको परिक्षण एवं परामर्श एवं पुस महिना भरि रु ८०० मा थाईराईडको परिक्षण गरिनुका साथै सम्पुर्ण किसिमका विमारीको रगत परिक्षणमा २० प्रतिशत छुट गरिएको वतईएको छ । अब देखि यस संस्थामा परिक्षण गर्न आउने सुगरका रोगीहरुका लागि एक विशेष प्रकारको कार्डको व्यावस्था गरीने र उक्त कार्ड बहाकलाई आजिवन निशुल्क सुगर परिक्षण तथा परामर्श सेवा उपलब्ध गरिनुका साथै गर्भवती महिलाहरुकालागि प्रत्येक मंगलबार निशुल्क परामर्श सेवा समेत उपब्ध गरिने व्यावस्थापक सिताराम लुईटेलले जनाएकाछन् ।

6

साथै सोहि अवसर पारेर सेन्टरले प्रदान गर्दै आएको सुविधामा  विशेष सुविधा थप गर्दै अपांग , एकल महिला , जेष्ठ नागरिकहरुलाई निशुल्क OPD सेवा तथा बिभिन्न परिक्षणमा ५० प्रतिशत सम्मको छुट दिने समेत जनाईएकोछ ।