बेलबारी, २९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा नै आजकाे आवश्यक्ता रहेकाे बताउनु भएकाे छ । बेलबारी ९ मा रहेकाे जनता नमुना माविमा आयाेजित कार्यक्रमलाई सम्वाेधन गर्दै यस्ताे विचार व्यक्त गर्नु भएकाे हाे । कार्यक्रमलाई संवाेधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाले असल नागरिक निर्माण गर्ने बताउँदै गुणस्तरीय शिक्षा आजकाे आवश्यता रहेकाे बताउनु भयाे । राष्ट्रपति भण्डारीले शिक्षाकाे खाेजीमा विदेशिने युवालाई देशभित्र गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गरी उनीहरूलाई देश विकासमा सहभागी गराउनु पर्नेसमेत बताउनु भएकाे छ । राष्ट्रपति भण्डारीले विद्यालयकाे नवनिर्मित भवनकाे उद्घाटन गर्नुभएकाे छ । साथै साेही अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय दुखीलाल चाैधरीकाे सालिककाे समेत अनावरण गर्ने काम सम्पन्न भएकाे छ । उक्त अवसरमा स्काउट तथा विभिन्न जातीय झाँकीहरूकाे प्रस्तुति रहेकाे थियाे । विद्यालयका प्रधानाध्यपक टेकनारायण शाहले सम्माननीय राष्ट्रपतिलाई विद्यायमा पाउँदा खुसी भएकाे बताए । आजै राष्ट्रपतिबाट विद्यालयका संचालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दुखीलाल चाैधरीलाई मरणाेप्रान्त सम्मान गरिएकाे छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रप्रसाद घिमिरे, सांसदहरू अमनलाल माेदी, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा काेइराला, वडा अध्यक्ष तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूकाे उपस्थिति रहेकाे थियाे ।