७ मंसिर। कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा ल्याउने क्रममा जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले हराएको छ ।
खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।